सहमतिको प्रयासमा कार्यबाहक सभापति, गगन-विश्वले २ पटक बिथोलेको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका कारण दुई पटक स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्न लागेको छ ।
पार्टी कार्यालय, सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा १५औँ महाधिवेशनको विषयमा छलफल हुनेछ । कांग्रेस संस्थापनले फागुन २१ को निर्वाचनमा केन्द्रित भएर जानुपर्ने र महाधिवेशन वैशाखमा गर्न प्रस्ताव गरेको छ ।
महामन्त्रीद्वय थापा र शर्माले फागुन २१ को निर्वाचनभन्दा पनि महाधिवेशन केन्द्रित गतिविधि गर्नुपर्ने अडानमा छन् । कांग्रेसलाई जिताउने हो भने पहिला एक भएर कांग्रेस निर्वाचनम होमिनुपर्ने नेताहरूको भनाइ छ ।
बैठकमा १५औँ महाधिवेशनको मितिबारे छलफल हुने नेताहरूले बताएका छन् । महाधिवेशन फागुन २१ गतेको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया