वाइडबडी घोटालामा डामिएका कालाखेतीलाई सुशीलाले दिइन नेपाल एयरलाइन्सको जिम्मेवारी
काठमाडौं । सुशासनको आडमा बनेको अन्तरिम सरकारले ट्रयाक रेकर्ड खराब भएकाहरूलाई छानीछानी जिम्मेवारी दिन थालेको छ ।
वाइडबडी घोटालामा डामिएर सफाइ पाएका जनकराज कालाखेतीलाई जेनजी सरकारले नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धक बनाएपछि बिरोध भएको छ । बाइडबडी घोटालामा विशेष अदालत, काठमाडौंले गरेको फैसला उपर अख्तियार सर्वोच्च अदालत जाने तयारी गरिरहे कै बेला सरकारले कालाखेतीलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ ।
कालाखेतीलाई निमित्त महाप्रबन्धक बनाउने सरकारको निर्णयलाई लिएर निगमका कर्मचारीहरूले असन्तुष्टि जनाउन थालेका छन् ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हालेका बेला भ्रष्टाचार मुद्दामा डामिएका कालाखेती नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धक बन्न सफल भएका छन् । कालाखेतीलाई नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धक बनाउन पर्यटन सचिव हरिप्रसाद मैनालीले भूमिका खेलेको प्रधानमन्त्री निकट उच्च स्रोतले जनाएको छ ।
महालेखा नियन्त्रक हुँदा निकै विवादित बनेका मैनालीले पर्यटनमा पनि त्यहिँ शैली देखाउन थालेका छन् । उक्त कदमलाई लिएर जेन–जी कर्मचारीहरू पनि आक्रोशित देखिन्छन् । उनै मैनालीले विवादास्पद पृष्ठभूमिका कालाखेतीलाई निमित्त महाप्रबन्धक बनाउन भूमिका खेलेको आरोप लागेको छ ।
खुला प्रतिस्पर्धाबाट नेपाल एयरलाइन्सको महाप्रबन्धक चयन गर्नका लागि पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति गठन गर्ने प्रस्ताव लिएर जाँदा मैनालीले कालाखेतीलाई निमित्त बनाएको दाबी गरिएको छ ।
सिफारिस समितिको विज्ञ क्याप्टेन कुलबहादुर लिम्बू रहेका छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सह–सचिवले सदस्य सचिवको काम गर्ने गरी सिफारिस समिति गठन भएको छ । महाशाखा प्रमुखको जिम्मेवारी जयनारायण आचार्यले पाउने सम्भावना छ ।
यसअघि, कालाखेतीको विभिन्न संस्थामा गैरकानूनी संलग्नता देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । निगमको नायव महाप्रबन्धक रहेका कालाखेती स्वार्थ बाझिने वायुसेवा कम्पनीमा समेत संलग्न रहेको जानकारीमा आएपछि अख्तियारले छानबिन शुरू गरेको हो । अख्तियारले भदौ १ गते निगमलाई पत्राचार गर्दै कालाखेतीको सम्बन्धमा जानकारी माग गरेको छ ।
स्रोतका अनुसार कालाखेती बीबी एयरवेजमा समेत आवद्ध रहेका छन् । वायु सेवा निगममा आवद्ध कर्मचारीले अन्य कम्पनीमा आवद्ध हुन नमिल्ने कानूनी व्यवस्था छ । त्यसैमाथि सरकारी स्वामित्वको संस्थानको जिम्मेवारीमा रहेका व्यक्ति समान प्रकृतिको संस्थामा काम गर्दा स्वार्थ बाझिने हुँदा त्यस्तो संस्थामा संलग्न हुन मिल्दैन ।
बीबी एयरवेजका अतिरिक्त कालाखेती पुतली सडकमा रहेको चार्टर एकेडमिक इन्टरनेशलन, पोखरामा रहेको लक्ष्मी ग्यास उद्योग र काठमाडौं सुन्धारामा रहेको ५२ नम्बरको शेयर ब्रोकरसँग आवद्ध रहेको स्रोतको भनाइ छ । अख्तियारले कालाखेतीको नामै किटान गरेर उनलाई अन्य संस्थामा शेयर लिन निगमबाट स्वीकृति प्रदान भएरनभएकोबारे जवाफ माग गरेको छ ।
‘निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती (कर्मचारी संकेत नम्बर २४१८६ आइ)ले कुनै प्राइभेट फर्मरकम्पनीको संस्थापक शेयर खरिदरलगानी गर्न सञ्चालक समितिमा रहि कार्य गर्न तथा कुनै संस्था/प्रोप्राइटरी फर्मरकम्पनीहरूबाट मासिक तलब बुझ्ने गरी कार्य गर्न त्यहाँ निगमबाट कुनै किशिमको अनुमति/स्वीकृति लिएको भए छानबिन कार्यमा सहयोगका लागि अनुरोध गरिएको छ,’ अख्तियारले निगमलाई पठाएको पत्रमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया