दुई महामन्त्री र डा.कोइरालाबीच छलफल, कीर्ते हस्ताक्षरले नराम्रोसँग फसे गगन–विश्व

काठमाडौं । विशेष महाधिवेशनका लागि कीर्ते हस्ताक्षर गरेर बुझाएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेता डा.शेखर कोइरालासँग छलफल गरेका छन् ।

शुक्रबार बालुवाटारस्थित नेता डा.कोइरालाको सम्पर्क कार्यालयकमा महामन्त्रीद्वय थापा र शर्मा तथा सह–महामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारबीच छलफल भएको हो । उनीहरूका बीच केन्द्रीय कार्यसमितिको बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका कुन प्रक्रियाबाट प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

संस्थापन पक्षले मध्यावधि निर्वाचनपछि १५औँ महाधिवेशन गर्नुपर्ने अडानमा छ । निर्वाचन्दा अगाडि महाधिवशन भयो भने अन्तरघात हुने र कांग्रेस पराजित हुने सम्भावना रहेको बताएर पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको छ । तर, महामन्त्रीद्वय राष्ट्रिय राजनीति, कांग्रेस र देशका लागि भन्दा पनि अहिले कै अवस्थामा महाधिवेशन गरेर कांग्रेसको नेतृत्व जालझेल गरेर हत्याउने रणनीतिमा लागेका छन् ।

महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्षमा छन् । उनीहरूले कीर्ते गरेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएका छन् । उनीहरूले बुझाएको हस्ताक्षरको सनाखत गर्ने माग केन्द्रीय कार्यसमितिको बैठकमा समेत उठेको छ ।

नेता डा.कोइराला नियमित महाधिवेशनको पक्षमा छन् । डा.कोइरालाको साथ खोज्न थापा र शर्माले दुई सह–महामन्त्रीहरूलाई राखेर छलफल गरेका छन् ।

थापा र शर्माले माग गरेको विशेष महाधिवेशनका कारण नराम्रोसँग दलदलमा फसेका छन् । विशेष महाधिवेशनका कारण नियमित महाधिवेशन समेत प्रभावित बन्न पुगेको छ ।

Published : Friday, 2025 October 31, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया