शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको पत्रकार महासंघद्वारा भर्त्सना
काठमाडौं । प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रावधान समेटेर ल्याइएको आमसञ्चार विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले प्रदेश सभा भवन अगाडि शुक्रबार गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति भर्त्सना गरेको छ ।
महासचिव महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरेर विधेयक सच्याएर ल्याउनुको साटो पत्रकारको आन्दोलन दबाउने सरकारी रबैया खेदजनक रहेको बताएका छन् ।
‘यसबाट शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक हक हनन भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः महासंघ शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नेहरूलाई कारबाही गर्न र पत्रकारको जायज माग पूरा गर्न सम्बद्ध पक्षसंग माग गर्दछ ।’
महासचिव दाहालले भने, ‘अन्यथा प्रदेश समितिले घोषणा गर्ने थप संघर्षका कार्यक्रमलाई देशब्यापी बनाउन महासंघ बाध्य हुनेछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया