वीरगञ्जमा १३ लाखसहित दुई जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको १३ लाखसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिका वडा नं. २ घुसुकपुर ईदगाह चोकबाट स्रोत नखुलेको नगद १४ लाख १३ हजार ५ सय रूपियाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नं. २ घुसुकपुर बस्ने ३९ वर्षीय संजयकुमार साह र बाराको महागढीमाई नगरपालिका वडा नं. ४ बगडमपुर बस्ने ४१ वर्षीय शनिकुमार ठाकुर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरीले बीआर ०५ एबी ७७६१ नम्बर र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई रकमसहित फेला पारी पक्राउ गरेको हो ।

Published : Friday, 2025 August 22, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया