अजरबैजान र आर्मेनियाबीच भएको शान्ति सम्झौताको नेपालद्वारा स्वागत, डा.राणाले दिइन बधाई

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोभसँग टेलिफोनमा कुराकानी गरेकी छिन् ।

मंगलबार डा.राणाले बायरामोभसँग टेलिफोनमा कुराकानी गरेको निजी सचिवालयले जनाएको छ । डा.राणाले अजरबैजान र आर्मेनियाबीच भएको शान्ति सम्झौताको स्वागत गर्दै बधाई दिएकी हुन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘मैले अजरबैजान र आर्मेनिया बीच हालै शान्ति सम्झौताको छ । शान्ति सम्झौता भएकोमा विदेशमन्त्री बायरामोभलाई बधाई दिएँ, जुन यस क्षेत्रमा दशकौंदेखि चलिरहेको द्वन्द्व समाधान गर्ने दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा हो ।’

‘हामीले पारस्परिक हितका विषयमा पनि विचार आदानप्रदान गर्‍यौं र आगामी दिनहरूमा द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ पार्ने हाम्रो प्रतिबद्धतालाई पुनः प्रतिवद्धता जनाएका छौँ,’ डा.राणाले भनेकी छिन् ।

Published : Tuesday, 2025 August 19, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया