पेरिसमा हुन लागेको महिला सम्मेलनका लागि परराष्ट्रमन्त्री डा.राणालाई फ्रान्सको निम्तो
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि फ्रान्सेली राजदूत सुश्री भर्जिनी कोर्टेभलले भेट गरेकी छिन् ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र कोर्टेभलबीच शिष्टाचार भेट भएको हो । उनीहरूका बीच पारस्परिक हितका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको सचिवालयले जनाएको छ ।
‘भेटमा राजदूतले मलाई अक्टोबर २०२५ मा पेरिसमा आयोजना हुने चौथो नारीवादी विदेश नीति सम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिनका लागि मेरो फ्रान्सेली समकक्षीले दिएको निमन्त्रणापत्र पनि हस्तान्तरण गर्नुभयो,’ परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
Published : Tuesday, 2025 August 19, 8:51 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया