बढी व्यक्तिसँग सम्बन्ध कायम भई बुवाको यकिन नभएका व्यक्तिले नागरिकता पाउने
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को प्रतिवेदन पारित गरेको छ ।
विधेयकसम्बन्धी प्रतिवेदन अब राष्ट्रिय सभामा पेस हुनेछ । सभाले पारित गरेको विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।
आइतबार बसेको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को प्रतिवेदन पारित गरेको समितिले जनाएको छ । समितिले आमाको नामबाट वंशजका आधारमा नागरिकता दिन प्रतिनिधि सभाले गरेको संशोधनमा परिमार्जन गरेको छ । बुवाको पहिचान नहुने विभिन्न अवस्थामा आमाको नामबाट नागरिकता जारी गर्न सकिने व्यवस्था थपेर नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ ल्याइएको हो ।
प्रतिवेदन अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बुवा सम्पर्कविहीन भई बुवाको पहिचान हुन नसकेको वा आमाले बुवा यिनै व्यक्ति हुन भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बुवाको नाम उल्लेख भए तापनि बुवाको अन्य पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्ता व्यक्तिको बुवाको पहिचान हुन नसकेको मानिनेछ ।
एक जनाभन्दा बढी व्यक्तिसँग सम्बन्ध कायम भई बच्चाको जन्म भएका कारणले बुवाको यकिन गर्न नसकेको, बुवासँग सम्पर्क स्थापित नभई राष्ट्रियता सम्बन्धमा यकिन गर्न नसकिएको, जबरजस्ती करणीमा परी जायजन्म भएको अवस्थालाई समेटन नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक ल्याइएको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया