लेखकले नेतृत्व सम्हालेपछि गृह मन्त्रालय ५ वर्षयता कार्य सम्पादनमा उत्कृष्ट
काठमाडौं । सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरूको कार्यप्रगतिमा गृह मन्त्रालय पहिलो भएको छ ।
गृहमन्त्री रमेश लेखक नेतृत्वको मन्त्रालयले बितेको पाँच वर्ष यताकै उत्कृष्ट माइलस्टोन कार्यप्रगतिमा उत्कृष्ट देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरूको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये ८८ प्रतिशत माइलस्टोन सम्पन्न गर्दै गृह मन्त्रालय प्रथम भएको छ ।
गृहमन्त्री लेखकले नेतृत्व गरिरहेको मन्त्रालयले शासकीय सुधारतर्फ १०६ माइलस्टोनमध्ये ९३ वटा सम्पन्न हुनुका साथै १३ वटा चालु आर्थिक वर्षमा जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
माइलस्टोनको प्रगति विवरण अनुसार गृह मन्त्रालयले सबैभन्दा बढी ८८ प्रतिशत र दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८५ प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा सम्पन्न माइलस्टोनको मन्त्रालयगत स्थिति हेर्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत प्रगति गरेका छन् ।
शासकीय सुधार क्षेत्रमा गृह मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा ८६.८ प्रतिशत, २०७८/७९ मा ६४.५ प्रतिशत, २०७९/८० मा ६९.१ प्रतिशत र अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६८ प्रतिशत माइलस्टोन प्रगति भएको थियो ।
सरकारले माइलस्टोनको निकायगत प्रगतिमा शासकीय स्वरुप, पूर्वाधार क्षेत्र, आर्थिक र सामाजिक क्षेत्र गरी चार भागमा विभाजन गरेको थियो ।
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनसहितको कार्ययोजना सरकारको तय गरेको छ ।
गृहमन्त्री लेखकले पहिलो वर्ष मन्त्रालयको नीतिगत र कानूनी सुधार, व्यवस्था विरोधी गतिविधी निश्तेज, अपराध अनुसन्धान तथा फैसला कार्यान्वयन, प्रहरीमा सेवा प्रवाहका लागि डेष्क र महाशाखा गठन तथा लागुऔषधविरुद्ध महाअभियान सञ्चालन, विपद् व्यवस्थापन, भूकम्पपछिको पुर्ननिर्माण, राजश्व चुहावट र सीमापार अपारध नियन्त्रण, सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन, अध्यागमनको सुधारको पहल र निःशुल्क हेली उद्दार लगागतका काम गर्नुभएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया