कृषि विकास बैंकमा कार्यरत प्रबन्धक गिरी आफ्नै निवासमा मृत फेला
सिस्ने । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठानास्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक ५२ वर्षीय शिवशंकर गिरी आफ्नै निवासमा मृत फेला परेका छन् ।
सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल सो बैंकमा प्रबन्धकका रूपमा कार्यरत गिरी शनिबार दिउँसो अचेत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दिउँसो गिरी अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।
चेकजाँचका क्रममा चिकित्सकले गिरीको मृत्यु भइसकेको घोषणा गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Published : Saturday, 2025 August 16, 9:36 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया