परराष्ट्रमन्त्री डा.राणाद्वारा कृष्ण जन्माष्टमीका अवसरमा शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएकी छिन् ।

शनिबार परराष्ट्रमन्त्री डा.राणाले सामाजिक सञ्जाल एक्समार्फत कृष्ण जन्माष्टमीका अवसरमा शुभकामना दिएकी हुन् । उनले सबै धर्मले सामाजिक सद्भाव कायम राख्ने बताएकी छिन् ।

श्री कृष्ण जन्माष्टमी पर्व विशेष धार्मिक महत्वका साथ मनाइँदैछ । देशभरि श्री कष्णको मन्दिरमा भक्तजनको घुइँचो समेत लागेको छ ।

Published : Saturday, 2025 August 16, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया