संसदीय दलका नेता एवम् मुख्यमन्त्री बानियाँद्वारा महर्जनलाई प्रमुख सचेतकमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल, बागमती प्रदेश सभाका नेता एवम् मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रमुख सचेतकमा पुकार महर्जनलाई मनोनयन गरेका छन् ।

शुक्रबार संसदीय दलका नेता बानियाँले महर्जनलाई बागमती प्रदेश सभाको प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् ।

महर्जन यसअघि बागमती प्रदेश सरकारमा संस्कृति तथा पर्यटनमन्त्री रहेका थिए । सांसद महर्जन ललितपुर निवासी हुन् ।

मुख्यमन्त्री एवम् दलका नेता बानियाँले नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान, २०७४ को धारा ११ को उपधारा (१) बमोजिम महर्जनलाई प्रमुख सचेतक पदमा मनोनयन गरेको संसदीय दलका सचिव एवम्पू र्वमन्त्री मीनकृष्ण महर्जनले बताएका छन् ।

Published : Friday, 2025 August 15, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया