अदालतद्वारा एमाले नेता गुरुङलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । भक्तपुर जिल्ला अदालतले एमालेका नेता एवम् समाजसेवी मिलन गुरुङ उर्फ चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले गुरुङलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो । न्यायाधीश न्यौपानेको इजलासले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर आदेश जारी गरेको छ ।
गुरुङविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसूरमा मुद्दा दर्ता भएको थियो । एक वर्षअघिको ज्यान मार्ने उद्योगको कसूरको मुद्दामा गुरुङविरुद्ध जाहेरी परेको थियो ।
आफ्नो भतिज मनीष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दीव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । एमाले नेता गुरुङको समेत नाम उल्लेख थियो । जाहेरीपछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । गुरुङको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।
त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले गुरुङमाथि मुद्दा दर्ता भएको हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया