मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद विस्तार, बिनुले पाइने सहकारी तथा गरिबी निवारण मन्त्रालय

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पाँच मन्त्रीलाई नियुक्ति गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री बानियाँले सरकारलाई पूर्णता दिएका हुन् । बानियाँले साउन २० गते आफूले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन बानियाँले ८ मन्त्री नियुक्त गरेका थिए ।

बानियाँले दोस्रो चरणमा नेपाली कांग्रेसका ५ मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

मुख्यमन्त्री बानियाँले सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला के.सी. नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका हुन् ।

साउन २० गते कांग्रेसबाट खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र धादिङका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

साउन २० गते एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा.दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत के.सी.लाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

Published : Friday, 2025 August 15, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया