मित्रनगरको एस.पी.एस. गेष्ट हाउसमा प्रहरी छापा, रकमसहित ६ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ठूलो रकमसहित ६ जनालाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

बिहीबार बिहान साढे १ बजे काठमाडौं महानगरपालिका वडा नं. २६ मित्रनगरस्थित एस.पी.एस. गेष्ट हाउसबाट ६ जनालाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।

गेष्ट हाउसको पहिलो तलामा रहेको कोठा नम्बर ५०४ मा प्रहरी टोलीले छापामारेको थियो । त्यस क्रममा प्रहरीले १ लाख २३ हजार र ३ बुक तास पनि बरामद गरेको एसपी बोहराले बताए ।

पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ५ घर भई हाल मित्रनगर बस्दै आएका वर्ष २४ का सूर्य लामा, नुवाकोटको ककनी गाउँपालिका वडा नं. ६ घर भई तारकेश्वर नगरपालिका बस्दै आएका वर्ष ३६ का दीपेश लामा, काभ्रेको खानीखाला गाउँपालिका वडा नं. ६ घर भई काठमाडौंको रानीबारी बस्दै आएका वर्ष ४१ का रेशम लामा, काभ्रे घर भई काठमाडौंको शेषमती बस्ने वर्ष ६१ का मंगलबहादुर लामा, काभ्रे घर भई काठमाडौंको मनमैजु बस्ने वर्ष ४० का देवेन्द्र लामा र काभ्रे घर भई हाल काठमाडौंको लोलाङ बस्ने वर्ष ४५ का बुद्ध लामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2025 August 15, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया