कुँवरलाई कैलाली तरुण दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल तरुण दल, कैलालीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेश कुँवरले पाएका छन् ।

बुधबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको पत्र दिएका छन् ।

कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नेपाल तरुण दल महाधिवेशन निर्देशक समितिको निर्णय अनुसार जिम्मेवारी दिइएको अध्यक्ष गुरुङले बताए ।

‘प्रस्तुत विषयमा नेपाल तरुण दल, कैलाली जिल्ला कार्यसमितिमा तपाईले पाउनु भएको कार्यवाहक अध्यक्षको जिम्मेवारीलाई नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिको निर्णय अनुसार अनुमोदन गरिएको छ,’ अध्यक्ष गुरुङले भने ।

पत्रमा भनिएको छ, ‘विश्वास छ तर्पाइले नेपाल तरुण दल जिल्ला कार्यसमिति कैलालीको कार्यवाहक अध्यक्षको रुपमा रही संगठनको निर्माणका लागि सम्पूर्ण कार्यहरू गर्नु÷गराउनु होला ।’

Published : Thursday, 2025 August 14, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया