पोर्चुगलमा झुण्डिएको अवस्थामा अर्जुनको शव फेला

तामाकोसी । पोर्चुगलमा ३३ वर्षीय अर्जुनप्रसाद आँपागाईंको झुण्डिएको अवस्थामा शव भेटिएको छ ।

वैदेशिक रोजगारीका लागि पोर्चुगल गएका दोलखाको तामाकोसी गाउँपालिका वडा नं. ६, च्यामाका आँपागाईंको मृत्यु भएको आफन्तले जनाएका छन् । आमगाईं करिब ३९ महिनाअगाडि श्रम स्वीकृति गरेर क्रोसिया गएका थिए । क्रोसियाबाट आँपागाईं केही महिनापछि पोर्चुगल छिरेका थिए ।

पोर्चुगलगल पुगेपछि आँपगाईं बेजा जिल्लाको एजेन्सी कम्पनीमा लेबर काम गर्दै आएका थिए । आइतबार बिहान घाँटीमा सलको पासो लगाएर आफ्नै कोठामा झुन्डिएको अवस्थामा उनलाई नेपाली साथीहरूले भेटेपछि मृतक आँपागाईंका भाइ शिवजी आँपागाईंलाई खबर गरेका थिए ।

आँपागाईंका वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । मृतकको सब ४ दिनदेखि पोर्चुगलको बेजा अस्पतालको शवगृहमा राखिएको छ ।

Published : Thursday, 2025 August 14, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया