कांग्रेस नेता बस्नेतद्वारा एमाले, माओवादीका सयौं युवाहरूलाई पार्टीमा स्वागत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमाले, माओवादी केन्द्रसहित विभिन्न दल परित्याग गरेका युवाहरूलाई पार्टी प्रवेश गराएका छन् ।
शनिबार काठमाडौंमा नेपाली कांग्रेस–सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित बलेफी गाउँपालिका अन्तर्गतका नेता कार्यकर्ता भेटघाट तथा पार्टी पवेश कार्यक्रममा नेता बस्नेतले सयौँ नेता कार्यकर्तालाई कांग्रेसको सदस्यता प्रदान गरेक हुन् ।
कार्यक्रममा बलेफी लगायत विभिन्न पालिकाबाट एमाले र नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न पार्टी परित्याग गरि ठूलो संख्यामा कांग्रेसमा प्रवेश गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
नवप्रवेशीहरूलाई नेता बस्नेतले स्वागत गरेका छन् । बस्नेतले भने, ‘नवप्रवेशी साथीहरूको योग्यता, क्षमता र कार्यकुशलताको आधारमा पार्टीका विभिन्न तह र तप्कामा जिम्मेवारी प्रदान गरिने कुराको सम्बन्धित सबैमा जानकारी गराउँदछु ।’
कांग्रेस प्रवेश गर्नेहरूमा संजोग बुढाथोकी, आशिष पोखरेल, साङ्गे लामा, डिल्लीराम पराजुली, सागर बोगाम्बा, सुजन लामा, सुवास थामी लगायत रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया