अध्यक्ष ओलीको कुराले विद्यादेवीलाई ठूलो झट्का
काठमाडौं । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणबारे पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा नफर्किने विश्वाससहित दुईपटक राष्ट्रपति बनाइएको बताए ।
नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित विद्यादेवी भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरिएको पनि अध्यक्ष ओलीले बताएका छन् । ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने पनि बाएका छन् ।
प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिका पढेर थाहा पाएको बताएका छन् ।
ओलीले सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको पनि बताएका छन् ।
ओलीले देशको उच्च र सम्मानित पदमा पुगिसकेको व्यक्तिले राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय भएको बताएका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
गौतमले भने, ‘देशको उच्च गरिमामय पदमा बसिसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय हो । यसमा पार्टीले उचित निर्णय गर्नेछ ।’
पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा जान लागेको बताइरहेका बेला ओलीले धेरै खुलासाहरू गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया