तरुण दल सप्तरीको अधिवेशन गर्न पाँच सदस्यीय तयारी समिति गठन

काठमाडौं । नेपाल तरुण दल सप्तरी जिल्लाका अध्यक्ष अर्जुन यादवको संयोजकत्वमा पाँच सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन भएको छ ।

बुधबार काठमाडौंमा नेपाली कांग्रेसको नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिको बैठकले तरुण दल सप्तरीको अधिवेशन गराउन अधिवेशन तयारी समिति गठन गर्ने निर्णय भएको हो । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सप्तरी तरुण दलको अधिवेशन गराउन तयारी समिति गठन गरिएको बताए ।

नेपाल तरुण दल सप्तरीका जिल्ला अध्यक्ष अर्जुन यादवको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय जिल्ला अधिवेशन तयारी समितिले कांग्रेसको जिल्ला नेतृत्वसंग समन्वय गरि अधिवेशन प्रक्रिया सुरु गर्ने तरुण दलका अध्यक्ष गुरुङले बताए ।

बैठकमा कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस सप्तरीका जिल्ला सभापति रामदेव साह, केन्द्रीय सदस्य दिनेश यादव, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाली काग्रेस सप्तरी जिल्ला सदस्य शत्रुधन यादवको उपस्थिति रहेको थियो ।

यसअघि, तरुण दल दाङ र लम्जुङको अधिवेशन गर्ने सहमति भइसकेको छ । निर्देशन समितिले दाङ र लम्जुङमा देखिएको विवादलाई अन्त्य गरेर कांग्रेस नेतृत्वसँग समन्वय गरेर अधिवेशन गर्ने सहमति भइसकेको छ ।

Published : Wednesday, 2025 July 16, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया