विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो दल्ने नाइके सुजन बि.क. पक्राउ
पोखरा । पोखराको छोरेपाटन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमतले कालोमोसो दलेको छ ।
नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नामबाट कालोमोसो दल्न लगाउने मुख्य योजनाकार सुजन बि.क.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाले बताए ।
बि.क.नेकपा बहुमतका पोलिटब्यूरो सदस्य पनि हुन् । नेकपा बहुमतनिकट युवा संगठनको केन्द्रीय अध्यक्षसमेत रहेका बि.क.लाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा अगाडि बढाएको एसप िओलियाले बताएका छन् ।
कालोमोसो दल्ने २ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजिगरिरहेको छ । एसपी ओलियाले भने, ‘सुजन बि.क.कै योजना तथा निर्देशनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि कालोमोसो दलिएको देखिएको छ । सुजन बि.क.लाई पक्राउ गरी अभद्र मुद्दामा अनुसन्धान अगाडि बढाएका छौं ।’
‘अन्यमाथि पनि पक्राउ पुर्जी जारी गरी खोजि कार्य भइरहेको छ,’ एसपी ओलियाले भने, ‘मुख्य योजनाकार चाहिँ सुजन बि.क. नै रहेको देखिन्छ ।’
बि.क.को यसअघिको मुद्दा र विगतका घटना पनि अनुसन्धान भइरहको एसपी ओलियाले बताए । बि.क. माओवादी केन्द्रबाट विभाजन भएको वैद्य समूह (मोहन वैद्य), विप्लप समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले विप्लवबाट पनि विभाजन भएको नेकपा बहुमतमा आवद्ध भएका हुन् ।
पोखरा छोरेपाटनस्थित पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई सुम्पिएको भन्दै व्यवस्थापन समिति अध्यक्ष पहारीलाई शुक्रबार छोरेपाटन बजारमा विद्यार्थीले कालोमोसो दलेका थिए ।
पोखराकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पातले छाँगो २०३५ सालदेखि छोरेपाटन उच्च माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । त्यहाँ प्रवेश गरेबापत उठ्ने रकम विद्यालय व्यवस्थापनमा खर्च हुँदै आएको थियो । तर, महालेखा परीक्षकको कार्यालयले बर्सेनि महानगरलाई विद्यालयबाट आफ्नो स्वामित्वमा ल्याउन र त्यहाँबाट उठेको रकमलाई बेरुजूका रुपमा प्रस्तुत गर्दै आइरहेको थियो ।
पछिल्लो पटक महानगरले पाताले छाँगोमा सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो ।
विद्यालयले बर्सेनि आम्दानी गरिरहेको ३ करोड रुपैयाँ महानगरले दिने सहमति व्यवस्थापन समितिसँग गरेको थियो । विद्यालय व्यवस्थापन समितिले विद्यालयको सम्पत्ति निजी कम्पनीलाई दिन अध्यक्ष नै सहयोगी बनेको र भ्रस्टाचार गरेको आरोप लगाउँदै कालोमोसो दलेको थियो । अहिले पाताले छाँगोबाट शुल्क उठाउने र व्यवस्थापन गर्ने काम पोखरा महानगरपालिका आफैंले गर्दै इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया