नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
काठमाडौं । नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ ।
नेपाली सैनिक वार कलेजमा २०८१ फाल्गुण २२ गतेबाट सञ्चालन भएको सि.सं.१३ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको बुधबार समापन भएको हो । प्रधान सेनापति अशोकराज सिग्देलले समापन गरेका हुन् ।
महासेनानी दर्जाका महिला–२ र पुरुष–३३ गरी जम्मा ३५ जना शिक्षार्थीको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत मन्तव्य राखेका थिए । उनले तालिमको बारेमा जानकारी गराएका छन् ।
तालिममा महासेनानी सुरज बैदवार समग्रमा प्रथम भएका छन् । सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरेका छन् ।
समापन समारोहमा बलाधिकृत रथी निर्मलकुमार थापा, रथीबृन्द तथा अधिकृत लगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।
नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यस तालिम वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया