ओली र भण्डारीले एउटै मञ्चबाट सम्बोधन गर्ने
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच द्वन्द्व चलिरहेका बेला एउटै मञ्चमा देखिने भएका छन् ।
शनिबार काठमाडौंमा हुन लागेको कार्यक्रममा ओली र भण्डारी एकसाथ एमालेको कार्यक्रममा सहभागी हुनेछन् । एमालेका पूर्व महासचिव मदन भण्डारीको ७४औं जन्म जयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभा प्रदर्शनीमार्गमा विशेष कार्यक्रम हुन लागेको छ ।
प्रधानमन्त्री ओलीको उपस्थितिमा भण्डारी एमालेको राजनीति प्रवेश गर्ने र मुलुकको समसामयिक राजनीतिबारे सम्बोधन गर्ने लागेको एमालेका नेताहरूले बताएका छन् ।
भण्डारी एमालेको राजनीतिमा फर्कने जबरजस्त चर्चा छ । अहिले कार्यक्रमका प्रमुख अतिथि ओली छन् भने भण्डारीलाई विशिष्ट अतिथि बनाइएको छ ।
एमाले विधानबाट केही समयका लागि निलम्बन गरिएको ७० वर्षे उमेर हदको व्यवस्था कायम गराउन नेताहरूले जोडबल गरिरहेका छन् । अहिले यो व्यवस्था निलम्बनमा रहेको छ ।
अध्यक्ष ओली संरक्षक रहेका कारण पनि अहिलेसम्म फाउन्डेसनका कार्यक्रम छैनन् । भण्डारीले राजनीतिमा सक्रिय हुने सम्बोधन गर्ने भएपछि प्रधानमन्त्री ओली अनुपस्थित हुने चर्चा चलेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया