सभापति देउवाद्वारा सुदूरपश्चिम कांग्रेसको सम्मेलन उद्घाटन

धनगढी । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको उद्घाटन गरेका छन् ।

सोमबार बिहान कैलालीको धनगढीमा कांग्रेस सभापति सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनले पार्टीलाई थप सशक्त बनाउन सहयोग पुग्ने देउवाले बताएका छन् । उनले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

सुदूरपश्चिम कांग्रेसका सभापति बीरबहादुर बलायतको सभापतित्वमा सम्मेलन सुरु भएको छ । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, सहमहामन्त्री भीष्मराज आङदम्बे, प्रवक्ता डा.प्रकाशशरण महत, नेताहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, बालकृष्ण खाण, डा.डिला संग्रौला, एनपी साउद, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह लगायतका नेताहरूको उपस्थिति रहेको छ ।

Published : Monday, 2025 March 10, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया