मोरङमा प्रधानन्त्री ओली निकटको समूह पराजित, विद्यादेवी भण्डारीको जबरजस्त जित
काठमाडौं । नेकपा (एमाले) मोरङको १०औँ जिल्ला अधिवेशनमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली समूहको लज्जास्पद पराजय भएको छ ।
पूर्वराष्ट्रपति समेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारी निकट समूहले ओली समूहलाई हराएको छ । विद्यादेवी भण्डारी समूहका अजम्बर राई ४४६ मतसहित अध्यक्षमा विजयी भएका छन् ।
ओली समूहबाट अध्यक्षका उम्मेदवार राजकुमार ओझा पराजित भएका छन् । ओझाले ४०७ मत मात्र पाएर पराजित भए ।
एमालेको मोरङ जिल्ला अधिवेशनको नतिजाले प्रधानमन्त्री ओलीलाई धक्का लागेको छ । मोरङबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा जबरजस्त उपस्थिति जनाएकी छिन् ।
उपाध्यक्षमा पनि विद्यादेवी भण्डारी समूहका सागर थापा ४२२ मतसहित विजयी भएका छन् । ओली समूहका शान्ति लिम्बूले ३९१ मत पाइन् ।
विद्यादेवी भण्डारी समूहबाट सचिवमा सोमराज थापा ४६२ मतसहित विजयी हुँदा ओली समूहबाट प्रतिस्पर्धी रविन थापाले ३६८ मत पाएर पराजित भएका छन् ।
उपसचिवमा पनि विद्यादेवी भण्डारी समूहका सन्तोष बान्तवा ४९० मत पाएर विजयी भएका छन् । ओली समूहबाट उपमहासचिवमा प्रतिस्पर्धा गरेका इर्जालाल राजवंशीले ३११ मत पाएर पराजित भएका छन् ।
उपसचिव महिलातर्फ पनि विद्यादेवी भण्डारी समूहकी उषा झा ४१८ मत पाएर विजयी भएकी छिन् भने ओली समूहकी शिल्पा कार्कीले ४०५ मत प्राप्त गरेर पराजित भएकी छिन् ।
१७ फागुनदेखि सुरु एमाले मोरङको १०औँ जिल्ला अधिवेशनमा दुई प्यानल चुनावी मैदानमा थिए । पाँच पदाधिकारीसहित १६५ सदस्यीय कमिटीका लागि बुधबार मतदान भएको थियो ।
यसअघि प्रदेश अध्यक्षमा पराजित विनोद ढकालले अजम्बर राई नेतृत्वमा अलग्गै प्यानल बनाएका थिए । ढकालले बनाएको राईको अलग्गै प्यानललाई पूर्वराष्ट्रपति विद्यदेवी भण्डारीले ब्याक सपोर्ट गरेकी थिइन् ।
अध्यक्ष केपी शर्मा ओली र उनका समूहका सबैजसो नेता र विनोद ढकाल समूहबीचको प्रतिस्पर्धामा परिणत भएको निर्वाचनले मोरङ एमालेमा ढकाललाई शक्तिमा फर्काएको छ । ऋषिकेश पोखरेल अध्यक्ष हुँदा ढकाल किनारामा परेका थिए ।
ओली निकटका नेताहरू गुरू बराल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की लगायतले राजकुमार ओझालाई अध्यक्ष बनाउन खोजे पनि योजना तुहिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया