कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशनकाे मिति घाेषणा, सभापति देउवाकाे निर्देशन पालना

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरिएका छन् ।

शनिबार वीपीनगर, ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा संघका अध्यक्ष बालकृष्ण दाहालले पत्रकार सम्मेलन गरेर फागुनको ७ देखि १० गतेसम्म महाधिवेशन गर्न लागेको बताए । उनले महाधिवेशनका लागि विभिन्न उपसमितिहरू गरिएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाहरूलाई २०८१ सालको चैत महिनाभित्र महाधिवेशनहरू सम्पन्न गर्न निर्देशन दिएका छन् । सभापति देउवाको निर्देशनलाई सेनानी संघले कार्यान्वयन गर्न लागेको छ ।

संघको माघ ३ र ४ गते बसेको केन्द्रीय कार्य समितिको बैठकको फागुनको ७ देखि १० गतेसम्म दोस्रो महाधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति लगायत विभिन्न १५ उप–समितिहरू गठन गरेको छ ।

मूल समितिको संयोजकमा संघका वर्तमान केन्द्रीय अध्यक्ष बालकृष्ण दहाल रहेका छन् । सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा उत्तरकुमार कटवाल, राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा गोपाल गिरी, सांगठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा तेजप्रसाद सुवेदी, आर्थिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा अनार वस्नेत, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा वालकृष्ण दाहाल रहेका छन् ।

स्मारिका प्रकाशन उपसमितिको संयोजकमा वालकृष्ण दाहाल, भोजन तथा खाजा व्यवस्थापन उपसमितिको संयोजकमा रुद्रबहादुर खड्का, अतिथि सत्कार उपसमितिको संयोजकमा रामदयाल यादव रहेका छन् ।

मंच व्यवस्थापन उपसमितिको संयोजकमा सुरेन्द्रबहादुर चन्द, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा रामहरि शर्मा तिमिल्सिना, प्राथमिक उपचार उपसमितिको संयोजकमा डा.नमराज शर्मा पण्डित, प्रचारप्रसार उपसमितिको संयोजकमा अमर रेग्मी, सांस्कृतिक उपसमितिको संयोजकमा यज्ञनिधि कोइराला, निर्वाचन समितिको संयोजन डीएलए र प्रजातन्त्र सेनानी सम्मान उपसमितिको संयोजकमा ध्रुवबहादुर मल्ल रहेको विज्ञप्तिमा उल्लेख छ ।

संघले ७७ जिल्लाहरूमध्ये ७५ जिल्लामा जिल्ला अधिवेशन र सात वटा प्रदेशहरूमा अधिवेशन प्रदेश अधिवेशन सम्पन्न गरेको छ । बाँकी २ जिल्ला मुस्ताङ र रूकुम पूर्व केही विषेश प्राविधिक कारणले गर्दा अधिवेशन गर्न बाँकी छ ।

७७ जिल्लामा नेपाल प्रजातन्त्र सेनानी संघको सदस्य संख्या ३ हजार २ सय २८ रहेका छन् । त्यसमध्ये ७५ जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्न ४५७ महाधिवेशन प्रतिनिधिहरू चयन भएर आएका छन् ।

Published : Friday, 2025 February 14, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया