कांग्रेसद्वारा अध्यादेशहरूको समर्थन, अनुमोदन गराउन भूमिका खेल्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले संसद् बैठकबाट अध्यादेश र विधेयक पास गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
काठमाडौंमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यादेशहरूलाई पारित गराउन भूमिका खेल्न निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् । कांग्रेसले संसदको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेसले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको घिमिरेले बताए ।
प्रमुख सचेतक घिमिरेले कांग्रेसका सम्पूर्ण सांसदलाई संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको बताए । राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउन निर्देशन दिएको घिमिरेले बताए ।
उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधानको सार्थक कार्यान्वयन आजको महत्वपूर्ण एजेण्डा हुन् ।’
‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक कांग्रेसका सम्पूर्ण मान्य सदस्यहरू, संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिवद्धता व्यक्त गर्दछ’, घिमिरेले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया