कक्षा १२ को शैक्षिक सत्रको कार्यक्रम सार्वजनिक, वैशाखमा परीक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आर्थिक वर्ष २०८०/८१ को शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षाको कार्यक्रम सार्वजनिक गरेको छ ।
बोर्डले कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन गर्ने जनाएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको छ ।
परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ ।
Published : Tuesday, 2023 October 3, 6:23 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया