गहतराजको नेतृत्वमा नेविसंघ प्यूठान काठमाडौं सम्पर्क समिति गठन, राणा र शेर्पाले दिए बधाइ
काठमाडौं । लवकुमार गतराजको नेतृत्वमा नेपाल विद्यार्थी संघ प्यूठान–काठमाडौं सम्पर्क समिति गठन भएको छ ।
आइतबार काठमाडौंमा सम्पन्न अधिवेशनले गहतराजको अध्यक्षतामा नयाँकार्यसमिति सर्वसम्मत गठन गरेको हो । अध्यक्ष गहतराजले भने, ‘काठमाडौंमा सम्पन्न अधिवेशनले मेरो नेतृत्वमा सर्वसम्मत कार्यसमिति गठन गरेको छ । अधिवेशन सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यावाद दिन चाहन्छु ।’
नेविसंघको प्यूठान–काठमाडौं सम्पर्क समिति सर्वसम्मत चयन भएकोमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बधाइ तथा शुभकामना दिएका छन् । शेर्पाले भने, ‘नेविसंघको विधान र अनुशासनमा रहेर नेपाली कांग्रेसलाई सहयोग हुने गरी संगठनमा काम गर्न सुझाव दिएको छु ।’
नयाँकार्यसमितिलाई नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति तथा लुम्बिनी प्रदेशसभाका सदस्य रोज राणाले पनि बधाइ तथा शुभकामना दिएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा सवाल थापा, पवित्रा केसी, जीवन बसेल, जनक केसी, अर्जुन भट्ट चयन भएका छन् । सचिवमा कवितारमण पुरी, अञ्जन भट्ट तथा सह–सचिवमा ई.रेशम गुरुङ, सन्तोष विष्ट, मनोज केसी, रविन केसी, मनीष थापा चयन भएका छन् । कोषाध्यक्षमा समीक्षा जिसी चयन भएकी छिन् ।
सदस्यहरूमा राज थापा मगर, दीपेश बुद्धाथोकी, रेशम गुरुङ, खगेन्द्र बसेल, दीपक महतारा, ईश्वर खडका, अनिल केसी, कुमार बेसल, अनुराग श्रेष्ठ, तिर्शना रायमाझी, दीपक केसी, मनीषा क्षेत्री, शर्मिला शर्मा, बिपिन केसी, सुजन ओली, जीवन क्षेत्री चयन भएका छन् ।
कृष्ण क्षेत्री, शिखर भण्डारी, अनुप भट्ट, उज्जल सुवेदी, सौरभ विष्ट, अभिमान परियार, सृजना पोखरेल, कसम श्रेष्ठ, आशीष भण्डारी पनि समितिको कार्यसमिति सदस्यमा सर्वसम्मत चयन भएका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया