दबाब खेप्न नसकेपछि प्रचण्ड सरकार डरायो, मूल्य वृद्धिको निर्णय फिर्ता

काठमाडौं । खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध भएपछि सरकारले मूल्य वृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

पुरानो मूल्य सूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिनेछ ।

नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने शर्माले बताइन् ।

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ बढाउने निर्णय गरेको थियो ।

हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपियाँ) बढाएको थियो ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपियाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।

Published : Sunday, 2023 October 1, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया