काठमाडौंमा आइटेक दिवस मनाइयो
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले इण्डिया हाउस परिसरमा ५८औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।
प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाइ (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५०० भन्दा बढी अतिथिको कार्यक्रममा उपस्थिति रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाललगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरू माझ पुर्याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गरेका छन् ।
राजदूत श्रीवास्तवले भारतले यो वर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्नेबारे विचार भइरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे, सहायक रथी पूर्णबहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसी लगायतका आइटेक अलम्नाइहरूले भारतमा रहँदाका दिनहरूको सम्झना गरेका छन् ।
भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका छन् ।
भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरूमाझपुर्याई त्यहाँको मानव संशाधनको विकासमा टेवा पुर्याउन यस आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको छ ।
सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउँदै आएको छ ।
चण्डीगढस्थित नेपाल मेडिकल एसोसिएसनबाट ४५ जनाचिकित्सक, जोधपुरस्थित कोर्षका लागि महान्यायाधिवक्ताको कार्यालयबाट ३२ जना अधिकारी र निवार्चन आयोगबाट २९ जना अधिकारीसहित करिब २०० जना नेपाली सरकारी कर्मचारी, स्वास्थ्य तथा कानून व्यवसायी, निर्वाचन अधिकारी तथा रक्षा अधिकारीले सन् २०२२–२०२३ मा आइटेक कोर्षको तालिम लिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया