देउवाले आज आकस्मिक रुपमा पत्रकार सम्मलन गर्दै

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन राखेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा देउवाले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्नेछन् ।

पत्रकार सम्मेलनमा कांग्रेसले फागुन २९ गतेदेखि शुरु गर्न लागेको ‘घर–घर जाऔँ, कांग्रेसलाई जिताऔं’ अभियानबारे जानकारी दिनेछन् ।

उनले मुलुकको पछिल्लो अवस्था र एमसीसीका विषयमा पनि स्पष्ट पार्ने बुझिएको छ ।

Published : Wednesday, 2022 March 9, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया