सर्लाही कांग्रेसको निर्वाचन २८ गते शनिबार
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको स्थगित भएको निर्वाचन फागुन २८ गते शनिबार हुने भएको छ ।
निर्वाचन समितिले फागुन २८ गते शनिबार निर्वाचन गर्ने जनाएको छ ।
शेखर कोइराला निकटका नेता अमरेशकुमार सिंहसहितका केही नेताहरूले लफडा गरेर निर्वाचन प्रक्रिया बिथोलेका थिए ।
सर्लाही कांग्रेसका नेताहरू दवावपछि निर्वाचन शनिबार गर्ने सहमति भएको छ ।
सभापतिमा आफूले उम्मेदवार बनाएका लक्ष्मण राय पराजित हुने भएपछि अमरेशले तीन पटकसम्म अधिवेशन र निर्वाचन प्रक्रिया बिथोलेका छन् ।
संस्थापनले सुरेन्द्रप्रसाद सिंहलाई सभापतिको उम्मेदवार बनाएको छ । संस्थापनको पक्ष बलियो देखेपछि अमरेशको सातोपुत्लो उडेको छ ।
Published : Wednesday, 2022 March 9, 9:53 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया