कांग्रेसले दुर्गम जिल्ला हुम्लामा चौधरीलाई कमाण्डर बनाएर पठायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीलाई हुम्ला जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर पठाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको पत्रमा चौधरीलाई ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उदेश्यलाई सफल बनाउन निर्देशन दिइएको छ ।
कांग्रेसलाई आगामी निर्वाचनमा जिताउन यो अभियानको थालनी गरिएको छ । कांग्रेसले फागुन २९ देखि वैशाख ३ गतेसम्म एक महिना अभियान सञ्चालन गर्नेछ ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा कार्यसमिति लगायत पार्टीका सबै तह, भ्रातृ एवम् शुभेच्छुक संस्थालाई थप गतिशील र सक्रिय बनाउन नेता चौधरीलाई निर्देशन दिइएको छ ।
यसैबीच, सभापति एवम् प्रधानमन्त्री देउवाले चौधरीलाई केन्द्रीय सदस्यमा निर्वाचन भएकोमा शुभकामना पनि दिएका छन् ।
‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट पार्टी केन्द्रीय कार्यसमितिको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा पुनः हार्दिक बधाई प्रकट गर्दछु’, देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया