सिरहा कांग्रेसको सभापतिमा संस्थापनका यादव निर्वाचित

लहान । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् ।

मंगलबार प्राप्त नतिजाअनुसार यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । यादव संस्थापन समूहका हुन् ।

शेखर कोइराला समूहको तर्फबाट सभापति पदमा उम्मेदवार बनेका रामसुन्दर चौधरी पराजित भएका छन् । चौधरीले ८८७ मत प्राप्त गरेका थिए ।

सोमबार भएको निर्वाचनमा दुई हजार ४७५ मत खसेको थियो । जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

Published : Tuesday, 2022 March 8, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया