विषदी सेवनबाट काठमाडौंमा ५ जना अचेत फेला, एकको मृत्यु

काठमाडौं । ललितपुरमा ५ जनाको मृत्यु भएको अर्को दिन काठमाडौंमा एकै परिवारका ५ जना अचेत अवस्थामा फेला परेका छन् ।

नागार्जुन नगरपालिका–६ डाँडापौवामा ५ जना अचेत अवस्थामा फेला परेका हुन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।

सोमबार साढे ९ बजेतिर डाँडापौवास्थित एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर हुने परिवारका मानिसहरू नाम नखुलेको विषादी औषधि सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

अचेत अवस्थामा रहेका ६२ वर्षीया ईन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, ३३ वर्षीय सुर्वणमान प्रधान र ११ वर्षीया सुप्रिया प्रधान हुन् ।

प्रहरीका अनुसार ३३ वर्षीय सुर्वणमान प्रधानलाई साढे १० बजे मृत घोषणा गरिएको थियो ।

अचेत अवस्थामा फेला परेकाहरूलाई तत्काल उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेर उपचार थालिएको थियो ।

विषादी सेवनबारे कारण र समय नखुलेको प्रहरीले बताएको छ ।

Published : Tuesday, 2022 March 8, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया