स्वास्थ्य व्यवसायी महासंघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा भएको महासंघको १६ औं साधारण सभाले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी र द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी ‘डिबी’ चयन भएका छन् ।

महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी चयन भएका छन् ।

सदस्यमा चन्द्रमा राई, प्रवेश रोका क्षेत्री, दीपक कार्की, पप्पु महासेठ, बेलबहादुर श्रेष्ठ, केशर थापा र रोजिना शाक्य चयन भएका छन् ।

Published : Monday, 2022 March 7, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया