अछाम कांग्रेसको सभापतिमा निर्वाचित शाह कुन समूहका ?
मंगलसेन । नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन् ।
सोमबार सार्वजनिक अन्तिम नतिजाअनुसार शाहले ७ सय ७९ मत पाएर विजयी भएका हुन् । सभापतिमा निर्वाचित शाह संस्थापन पक्षका हुन् ।
निकटतम प्रतिद्वन्द्वी राजन कुँवरले ७ सय ११ मत ल्याएर पराजित भएका छन् । कुँवर नेता शेखर कोइराला समूहका हुन् ।
पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह, भरतकुमार स्वाँर र राजन कुँवरमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो ।
Published : Monday, 2022 March 7, 7:46 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया