काठमाडौंमा आगलागीबाट ७० वटा स्टलहरू जलेर नष्ट

काठमाडौं । काठमाडौंमा ७० वटा तरकारी तथा फलफूलका टहराहरूमा आगलागी हुँदा जलेर नष्ट भएका छन् ।

काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल टहराहरूमा शनिबार राति आगलागी हुँदा ७० वटा स्टलहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ५ वटा दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2022 March 6, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया