शेखर समूहले सप्तरी कांग्रेसको मत पत्र च्यात्यो, अधिवेशन नै भाँडियो
रूपनी । शेखर कोइराला समूहले मत पत्र च्यातेपछि नेपाली कांग्रेस सप्तरीको जिल्ला अधिवेशनको मतदान स्थगित भएको छ ।
शनिबार शेखर समूहले विवाद खडा गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको थियो ।
रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो ।
करिब ६ सय मत खसेपछि विवाद भएको थियो ।
शेखर समूहले संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको आरोप लगाएको छ ।
विवादका क्रममा शेखर समूहले केही मतपत्र च्यातेको छ ।
विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ ।
शेखर समूहका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाएका छन् ।
केन्द्रीय सदस्य समेत रहेका संस्थापन पक्षका नेता दिनेश यादवले खुल्ला ठाउँमा निर्वाचन गर्दा यस्तो समस्या देखिएको बताए ।
उनले आफूहरूमाथि लगाएको आरोप निराधार रहेको बताएका छन् ।
सप्तरी कांग्रेसमा २५ सय ६८ मतदाता छन् । स्थगित भएको निर्वाचन कहिले गर्ने सन्दर्भमा छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया