युक्रेन र रुसको युद्धबारे अमेरिकाको नयाँ घोषणाले भ्लादिमिर पुटिनलाई तनाब
न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले युक्रेनले रुससंगको युद्ध जित्ने दाबी गरेका छन् ।
बीबीसीसँगको अन्तर्वार्तामा उनले भने, ‘यदि रुसको इच्छा युक्रेनको सरकार ढालेर आफ्नो इशारामा चल्ने सरकार बनाउन होभने ४.५ करोड युक्रेनीलाई स्वीकार गर्ने छैनन् ।’
ब्लिंकनले युद्ध शायद त्यस्तो छैन, जस्तो कि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोँचे जस्तो नरहेको बताए ।
युक्रेनको सेनाको तर्फबाट भइरहेको टक्करले रुसको सेनाले ९ दिनसम्म पनि कब्जा गर्न नसकेको ब्लिंकनले भनेका छन् ।
ब्लिंकनले छ दिनको युरोपको भ्रमणका क्रममा रुसलाई युक्रेनले जित्ने बताए । अमेरिकाको यो अभिव्यक्तिले पुटिनलाई तनाब थपिदिएको छ ।
ब्लिंकनले भने, ‘म तपाईलाई भन्न सक्दैन युद्ध कति दिन जान्छ भनेर । यो पनि भन्न सक्दैन कति समय लाग्छ भनेर । तर, युक्रेनका जनता आफ्नो स्वतन्त्रता र भविष्यलाई लिएर लडेका छन् । रुसको हस्तक्षेप नहोस भनेर । यो आफैमा धेरै कुरा हो ।’
ब्लिंकनले भनेका छन्, ‘रुसका जनताले अब आफ्नो नेतृत्व परिवर्तन गर्ने समय आएको छ ।’
उता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सीनेटसँग जुममार्फत कुरा गर्न आग्रह गरेका छन् ।
जेलेन्स्की लगातार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको सम्पर्कमा छन् ।
रुसको आक्रमणपछि पूरै अमेरिकी सीनेट युक्रेनका नेतासंग कुरा गर्न लागेका हुन् ।
अमेरिकामा युक्रेनका राजदूत ओक्साना मार्करोवा सीनेटका सदस्यसंग भेट गरेका थिए ।
उनले युक्रेनलाई रुससंग लडन तत्काल हतियारको आवश्यक्ता रहेको जनाएका थिए ।
संयुक्त राष्ट्रले रुसको आक्रमणपछि अहिलेसम्म करीव १२ लाख मानिसले युक्रेन छाडेको जनाएको छ । युक्रेन छाडेका आधा मानिस छिमेकी देश पोल्याण्डमा छन् ।
रुसको आक्रमणभन्दा पहिला युक्रेनको कुल जनसंख्या करीब ४.५ करोड थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया