युक्रेनले पसिना छुटाएपछि रुसले बाध्य भएर लियो यो निर्णय
लण्डन । रुसले युक्रेनका दुई शहरमा युद्धविरामको घोषणा गरेको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको १०औं दिन दुई शहरमा युद्धविराम गरेको जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ ।
मानवीय सहयोगका लागि युद्धविराम गरेको समाचारमा उल्लेख छ ।
युद्धविरामको समयमा मानिसहरू शहर छोडेर जान सक्ने रुसले जनाएको छ ।
बन्दरगाह नजिकैको शहर मरियुपुलमा रसियाले धेरै दिनदेखि आक्रमण जारी राखेको थियो ।
भोल्नोभाखामा पनि युद्ध चर्किएको थियो । दुई शहरमा युद्धबिराम भएको युक्रेन पक्षले पनि पुष्टि गरेको छ ।
रुसविरुद्ध युक्रेनले डटेर सामना गरिरहेको छ । १० दिनसम्म पनि रुसले अपेक्षित नतिजा पाउन सकेको छैन । युक्रेनले रुसलाई घुँडा टेकाई छाड्ने चेतावनी दिएको छ ।
विश्वबाट एक्लिएको रुसले यी दुई शहरमा कब्जा जमाएको दाबी गरेको छ । उसले युद्धविराम गर्नुको बिकल्प थिएन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया