आक्रमणको विरोधमा काठमाडौंमा रुसको दूतावास अगाडि प्रदर्शन

काठमाडौं । काठमाडौंस्थित नेपालका लागि रुसको राजदूतावास अगाडि मानवअधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् ।

युक्रेनमाथिको रुसी आक्रमण रोक्न र युद्ध पीडित सबैको मानवअधिकार रक्षाका लागि रुसको राजदूतावास अगाडि प्रदर्शन भएको हो । शुक्रबार दिउँसो अधिकारकर्मीहरूले युद्ध रोक्न माग गरेर प्रदर्शन गरेका हुन् ।

रुसले आफूभन्दा निकै कमजोर युक्रेनमाथि आक्रमण गरेको छ । रुसको आक्रमणपछि युक्रेनमा ठूलो नोक्सान भएको छ ।

युक्रेनका लाखौ मानिस प्रभावित बनेका छन् । लाखौले देश छाडेका छन् । हजारौँले ज्यान गुमाउन पुगेका छन् ।

Published : Friday, 2022 March 4, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया