खातीद्वारा युनियनमा उम्मेदवारी घोषणा, कर्मचारीको हकहितमा काम गर्ने
काठमाडौं । गृह मन्त्रालयमा कार्यरत प्रकाशबहादुर खातीले नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनमा लेखापरीक्षण तथा नेपाल विविध सेवातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
शनिबारदेखि काठमाडौंमा हुन लागेको महाधिवेशनमा खातीले सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।
खातीले कर्मचारीको पेसागत हकहितको रक्षा गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
गृह मन्त्रालयमा लामो समयदेखि काम गरिरहेका खातीले आफू विजयी भएमा कर्मचारीको हक हितमा लागिपर्ने बताए ।
खातीले कर्मचारीहरूको पेसागत हितको प्रबर्द्धन, सेवा प्रवाहमा प्रभावकारिता ल्याउन तथा प्रशासकीय नेतृत्व एवं व्यवस्थापनको अविवेकी व्यवहार र निर्णयमा आवश्यक नियन्त्रण गर्न र प्रतिकार गर्न कर्मचारीलाई ऐक्यबद्ध बनाउन आफू लागि पर्ने बताए ।
‘प्रशासकीय नेतृत्व युनियनकर्मी तथा अन्य कर्मचारीहरूप्रति हुनु पर्ने व्यवहार सभ्य हुने तथा परिणामप्रति उत्तरदायी बन्ने संस्कृतियुक्त युनियनको रूपमा स्थापित हुनु पर्छ’, खातीले भने, ‘निजामती सेवामा पेशागत विविधता भएकाले सोही बमोजिम केन्द्रीय कार्यसमितिलाई सहभागितामुलक बनाई पेशागत संवेदनशीलताको सम्बोधन गर्न, युनियन र सरकारबीच सहकार्य गर्ने विधि तथा युनियनले कर्मचारी हित र गुनासा व्यवस्थापन गर्ने विधि स्पष्ट पार्ने विषयमा हामी गम्भीर हुन जरुरी रहेको छ ।’
उनले कर्मचारीको वृत्ति विकासका आधार पारदर्शी बनाउने, निजामती सेवाको कार्यसम्पादन पारदर्शी बनाउने, सार्वजनिक सेवा नागरिक बडापत्रअनुरूप प्रवाह गर्ने, सहभागितामूलक व्यवस्थापन गर्न युनियनले असल भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया