पर्सा कांग्रेसमा देउवा समूहको शानदार जित, शेखर समूहको लज्जास्पद हार
काठमाडौं । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी भएका छन् ।
शुक्रबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार क्षेत्रीले प्रतिद्वन्द्वी श्याम पटेल पराजित भएका हुन् । क्षेत्रीले श्यामलाई ४ सय ६५ मतको अन्तरले पराजित गरेका छन् ।
क्षेत्रीले १ हजार १ सय १० मत प्राप्त गरेका छन् । पटेलले ६ सय ४५ मत ल्याएका छन् ।
पदाधिकरीमा सभापति क्षेत्रीकै प्यानल विजय भएको छ । सभापतिमा निर्वाचन क्षेत्री सभापति शेरबहादुर देउवा निकटका हुन् ।
बिहीबार भएको मतदानमा १७ सय ७९ मत खसेको थियो । शेखर कोइराला समूहले श्याम पटेललाई सभापतिमा उम्मेदवार बनाएको थियो । शेखर समूह पर्सामा पनि नराम्रोसँग पच्छारिएको छ ।
Published : Friday, 2022 March 4, 9:51 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया