एमालेकी कोमल ओलीको सांसद पद गयो, कांग्रेसका अधिकारीलाई पनि धक्का

काठमाडौं । राष्ट्रिय सभाका २० जना सांसदहरूको पदावधि शुक्रबारबाट सकिएको छ ।

२०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि शुक्रबारबाट सक्किएको हो ।

एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि सक्किएको छ ।

नेपाली कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारीको पनि पदावधि सक्किएको छ ।

माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि सक्किएको छ ।

नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि समाप्त भएको छ ।

माओवादी केन्द्रका नेता समेत रहेका मनोनीत सांसद रामनारायण विडारीको पनि पदावधि सक्किएको छ ।

Published : Friday, 2022 March 4, 8:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया