यी हुन् २८ जिल्लाका भूमि आयोगका अध्यक्षहरू
काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका २८ जिल्ला समितिका अध्यक्षहरूको नामावली सार्वजनिक गरेको छ ।
भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले तीन दिनअघि राजपत्रमा सूचना निकालेर अध्यक्षहरूको नामावली सार्वजनिक गरेको हो ।
पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लामा अध्यक्ष नियुक्त गरेको थियो ।
ताप्लेजुङमा कृष्णकुमार बस्नेत अध्यक्ष बनेका छन् । पाँचथरमा दिनेशकुमार लावती, इलाममा भक्तबहादुर खत्री, झापामा तिलकसिंह पाण्डे, सुनसरीमा भगीरथ खत्वे, मोरङमा सुशील घिमिरे चयन भएका छन् ।
उदयपुरमा बलबहादुर तामाङ, भोजपुरमा दिलकुमार राई, धनकुटामा बलबहादुर राई, ओखलढुंगामा अशोककुमार कार्की, सिन्धुलीमा रामकुमार पौडेल, नुवाकोटमा अर्जुनप्रसाद न्यौपाने, मकवानपुरमा विष्णुप्रसाद दाहाल अध्यक्ष चयन भएका छन् ।
चितवनमा बद्रीप्रसाद तिमिल्सेना, काभ्रेपलाञ्चोकमा हरिबहादुर केसी, धादिङमा कृष्णप्रसाद अर्याल, तनहुँमा रामचन्द्र अधिकारी, कास्कीमा गंगाप्रसाद पोखरेल, बाग्लुङमा धर्मबहादुर कुँवर, लमजुङमा दामोदर अधिकारी अध्यक्ष बनेका छन् ।
रुपन्देहीमा हरिबहादुर आचार्य क्षेत्री, अर्घाखाँचीमा यादवप्रसाद घिमिरे, गुल्मीमा राम मल्ल ठकुरी, प्यूठानमा इमानसिंह खड्का, सुर्खेतमा श्रीधर पौडेल, दैलेखमा नयाराम थापा, डडेल्धुरामा शेरबहादुर भण्डार र कञ्चनपुरमा देवेन्द्रराज ढुंगाना अध्यक्ष भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया