प्रधानमन्त्री देउवाद्वारा ग्याल्पो ल्होछारको शुभकामना व्यक्त
काठमाडौं । ग्याल्पो ल्होछार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।
बिहीबार देउवाले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवम् सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताएका हुन् ।
उनले हरेक जातजातिका आ–आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवम् विशिष्ट पहिचान भएको बताए ।
देउवाले सरकार अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवम् सांस्कृतिक पर्व र परम्परालाई संरक्षण, सम्वर्द्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले शेर्पा समुदायको नयाँ वर्ष २१४९ ले नेपालीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याइ राष्ट्रिय एकतामा थप बल पु¥याउने विश्वास लिएका छन् ।
ग्याल्पो ल्होछार नेपाली बौद्धमार्गी एवम् हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया