कुटनैतिक मर्यादा विपरीत काम गर्ने कर्मचारीलाई किन कारबाही गर्दैन परराष्ट्र मन्त्रालय ?
काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर नेपालका म्यानपावर कम्पनीहरूले ल्याउने मागपत्र प्रमाणीकरण गर्ने अधिकार सम्बन्धित देशमा रहेका नेपाली नियोगहरूलाई दिएपछि परराष्ट्र मन्त्रालयबाट ती नियोगमा कार्यरत कर्मचारीहरू कुटनैतिक मार्यादा भुलेर म्यानपावरको दलालीमा लिप्त भएको समाचार पटक–पटक प्रकाशित भएका छन् ।
विभिन्न मुलुकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमसम्बन्धि काम गर्नको लागि लेवर काउन्सिल र लेवर एटैची पनि पठाउने गरेको छ । उनीहरू ती देशमा रहेका नियोगमा बसेर श्रमसम्बन्धी काम गर्ने गरेका छन् ।
धेरै जसो नियोगहरूले श्रमसम्बन्धि काम गर्ने अधिकार लेवर काउन्सिल र लेवर एटैचीलाई दिएका छन् । केही नियोगहरूमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारीले आफ्नो व्यक्तिगत स्वार्थका लागि श्रमका कर्मचारीले गर्ने श्रमसम्बन्धी काम आफै गर्ने गरेका छन् ।
हाल कतार, मलेसिया, यूएई र कुवेतमा नियोगले श्रमसम्बन्धी काम श्रमका कर्मचारीलाई दिएका छन् । केही देशका नियोगले यो काम आफै गरेर कुटनैतिक मर्यादाको खिल्ली उडाउँदै व्यक्तिगत स्वार्थमा लिप्त छन् ।
परराष्ट्र मन्त्रालले विगतमा यस्तो काममा लिप्त कर्मचारीलाई कारबाही स्वरुप फिर्ता बोलाउने गरेको थियो । अहिले परराष्ट्र मन्त्रालयले थाहा नपाएको झैँ गरेर चुपचाप छ ।
यसरी कुटनैतिक मर्यादा भुलेर म्यानपावरको दलाली गर्ने साउदी अरबको जेद्दास्थित महावाणिज्य दूतावासका कार्यबाहक महावाणिज्यदूत शत्रुधन पोखरेल रहेको जगजाहेर छ । उनका बारेमा विभिन्न सञ्चारमाध्यमबाट पटक–पटक समाचार प्रकाशित हुँदा पनि परराष्ट्र मन्त्रालय कुनै कारबाही नगर्दा उनको मनोवल बढेको छ ।
यसरी दलाली गरे अन्य मेनपावरबारेको माग पत्र नेपालमा रहेका माओवादीका कार्यकर्ता ईश्वर जिसीको नाममा रहेको अक्सफोर्ड मेनपावर र नेपाल प्रहरीका भगौडा शेषकान्त पुरीको नाममा रहेको लुलु मेनपावरमा दिलाएर उनीहरूबाट आर्थिक लाभ लिएको आरोप छ ।
पोखरेलकी श्रीमती अमेरिकामा छिन् । उनी पिआर होल्डर हुन् । अबैध रुपमा कर्माइ गरेको रकम पोखरेलले श्रीमतीलाई अमेरिकातिर पठाउने गरेको आरोप पनि छ ।
यसरी निर्लज्ज हिसाबले दलाली गर्दा पनि पोखरेललाई परराष्ट्र मन्त्रालयले कुनै कारबाही नगर्नुमा के रहस्य छ भनेर प्रश्न उठेको छ ।
परराष्ट्र मन्त्रालयले यस्ता कर्मचारीलाई कारबाही नगर्ने हो भने अन्य कर्मचारीहरूको पनि मनोवल बढेर नेपालको कुटनैतिक क्षेत्र नै बद्नाम हुने अवस्था छ । पोखरेललाई कुनै कारबाही नहुँदा हाल बहराइनमा रहेको नियोगमा पनि यस्तै दलाली शुरु हुन थालेको म्यनपावर व्यवसायीहरूको गुनासो छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया