‘प्रचण्ड’को भविष्यवाणी मिल्ने संकेत, धुजाधुजा हुने भयो कम्युनिस्ट

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गरेका छन् ।

बुधबार बिहान ललितपुरको हात्तीवनस्थित आफ्नै निवासमा श्रेष्ठ र विप्लवबीच भेट भएको हो । श्रेष्ठले पार्टी छाड्ने संकेत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका बेला श्रेष्ठले विप्लवसँग सम्वाद गरेका छन् ।

एमसीसी पारित भएपछि श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग रिसाएका छन् । दाहालको कार्यशैली एकलौटी खालको भएको भन्दै श्रेष्ठले आफू निकटका नेताहरूसँग गुटको भेला र बैठक गर्दै आएका बेला विप्लवसँग भेट गरेका छन् ।

विप्लवले एमसीसी पास गरेर दलहरूले राष्ट्रघात गरेको आरोप लगाउँदै आएका छन् । माओवादीमा श्रेष्ठ पनि एमसीसीको विरोधी हुन् ।

अध्यक्ष दाहालले श्रेष्ठलाई पार्टी छाडेर गए पनि हुने आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ रिसाएका छन् ।

अध्यक्ष दाहाल मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेर श्रेष्ठसँग भेट पनि गरेका थिए । ‘पार्टी छाडेर जान भनेको हो ?’ भन्दै श्रेष्ठले दाहाललाई प्रश्न गरेका थिए ।

दाहालले पार्टीभित्रका कमीकमजोरी समीक्षा गरेर जानुपर्ने उल्लेख गर्दै आफ्ना कुरा केन्द्रीय समितिमा राख्न श्रेष्ठलाई सुझाव दिएका छन् ।

एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ र उनी निकटका सांसदहरू गिरिराजमणि पोखरेल तथा अञ्जना विशंखेले फरक मत राखेका थिए ।

लीलामणि पोखरेलले पनि एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै आएका छन् ।

एमसीसीका विषयमा मतभेद भएपछि नेता श्रेष्ठले माओवादी पार्टी छाड्न लागेको भनेर टिकाटिप्पणी हुँदै आएको छ ।

Published : Wednesday, 2022 March 2, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया